Wednesday, 22, September, 2021 info@saipalnews.com

बढ्दो कोरोना संक्रमणसँगै अधिकांश अस्पतालमा बेडको अभाव हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडौं २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको बृद्धिसँगै अधिकांश अस्पतालमा बेडको अभाव हुँदै गइरहेको जनाएको छ ।बुधबार आज अयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत देशभरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शैय्या नपाउने अवस्था भएको बताउनुभएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उहाँको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायतका हाम्रो व्यवहारका कारण जोखिम बढ्दै गएको उहाँले औँल्याउनुभयो ।

धेरै नागरिकले दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिए जसरी घर बाहिर निस्कन थालेको पनि उहाँले बताउनुभयो । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उहाँले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “सास फेर्न गाहे हुने, पिसाब फेर्न गाहे हुने वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८४ संक्रमित फेला परेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३३ हजार ६ सय २३ पुगेको छ ।