Saturday, 18, September, 2021 info@saipalnews.com

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने

यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लिकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । कवि ग्लिकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ ।
सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लिक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन् । सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् ।

गत वर्षको नोबेल साहित्य पुरस्कार अस्ट्रियाका लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । एजेन्सी