Wednesday, 22, September, 2021 info@saipalnews.com

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

सिन्धुपाल्चोक २२ असोज । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई आज  सङ्क्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराए । उनले भने,“अहिले म  होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला ।

जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका  लागि बन्द गरिएको छ ।  कार्यालयका कर्मचारीको परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले  जानकारी दिइन् । जिल्लामा हालसम्म २ सय जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ  । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।