Thursday, 23, September, 2021 info@saipalnews.com

विना प्रमाणपत्र औषधि बेच्ने क्रिष्टला फार्मेसिलाई विभागले ग-यो ५० हजार जरिवान

काठमाडौं २२ असोज । विना व्यवसाय प्रमाणपत्र औषधिको कारोबार गर्ने क्रिष्टला फार्मेसि–आशिर्वाद हेल्थ केयर क्लिनिकलाई विभागले कारबाही गरेको छ । बिहिबार बजार अनुगमनका क्रममा कामनपा ३१ मा सञ्चालित उक्त फार्मेसिले विना प्रमाणपत्र व्यवसाय सञ्चालन गरेको भेटिएपछि विभागद्धारा खटिएको अनुगमन टोलिले अन द स्पोर्ट ५० हजार जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २०२ बमोजिम दफा ३८ ट को कसुर गरेको हुँदा सोही ऐनको दफा ३९ घ बमोजिम उक्त फर्मलाई रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।योसँगै विभागबाट खटिएको अनुगमन टोलिले विहिबारनै बजार अनुगमनका क्रममा भेटिएका ६ हजार ४ सय २० रुपैयाँ बराबरको अखाद्य तथा म्याद गुज्रियका सामानहरु नष्ट गराएको छ ।