Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

काठमाडौं २२ असोज । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल प्रकाशलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए । यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव समेत नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।