Wednesday, 19, January, 2022 info@saipalnews.com

नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, थप १४ को मृत्यु

काठमाडौं २४ असोज | नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । यस्तै, निको हुनेको संख्या ७४ हजार २५२ रहेको छ भने हालसम्म ६१४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना रहेका छन् । यस्तै, सुनसरीका ३९४, मोरङका ३६९, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापाका ४८, सिन्धुलीका ४८, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्साका ३६, नवलपरासी पुर्वका ३६, काभ्रेका ३५, कैलालीका ३५, नवलपरासी पश्चिमका ३१, गोरखाका २५, सर्लाहीका १९, सिरहाका १८, कञ्चनपुरका १८, रौतहटका १७, अर्घाखाँचीका १५, सल्यानका १२, बाग्लुङका १२, धनकुटाका ११, धनुषाका ११, महोत्तरीका ११, रुकुम पश्चिमका ११, बाराका १०, कपिलवस्तुका १०, दैलेखका १०, बझाङका १०, संखुवासभाका ९, दोलखाका ८, जुम्लाका ८, बैतडीका ८, म्याग्दीका ७, स्याङ्जाका ७, गुल्मीका ७, उदयपुरका ६, सप्तरीका ६, सिन्धुपाल्चोकका ६, बर्दियाका ६, अछामका ६, ओखलढुंगाका ५, रामेछापका ५, रोल्पाका ५, इलामका ४, डडेल्धुराका ४, डोटीका ४, खोटाङका ३, भोजपुरका ३, रसुवाका ३, पर्वतका ३, दार्चुलाका ३, लमजुङका २, रुकुम पुर्वका २, ताप्लेजुङका १, तेह्रथुमका १ र कालीकोटका १ जना रहेका छ्न् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ३ जना, ललितपुर र मोरङका २/२ जना, र सुनसरी, सर्लाही, भक्तपुर, मकवानपुर, धादिङ, नवलपरासी पुर्व र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।