Saturday, 18, September, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन २६ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं २४ असोज | काठमाडौं उपत्यकामा आज थप २ हजार ६८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।