Tuesday, 20, October, 2020 info@saipalnews.com

घरायसी विवादमा श्रीमतीको खुकुरी प्रहार गरेर हत्या

काठमाडौँ २४ असोज । झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोकमा शनिबार आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमती वर्ष २४ की रीता थापाको हत्या गरेका हुन् ।

घरायसी विषयमा विवाद बढेपछि आक्रोशित हुँदै रामजीले घरभित्रबाट खुकुरी झिकी घाँटीमा प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरी चौकी तोपगाछीले श्रीमतीको हत्या गर्ने रामजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको मुचुल्का तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी विजयराज पण्डितको कमाण्डमा खटिएको टोली खटेको छ । रीताको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।