Saturday, 18, September, 2021 info@saipalnews.com

नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं २५ असोज । नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । सरकार र डा। गोविन्द केसीबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो । संघका महासचिव वद्री रिजालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा.गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा.केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।

डा.केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।शनिबार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले आइतबार अनशन तोड्दै छन् ।