Wednesday, 22, September, 2021 info@saipalnews.com

नेपाल आज थप २०७१ नयाँ कोरोना संक्रमित थपिए, थप २२ को मृत्यु

काठमाडौंं २५ असोज | नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । यस्तै, निको हुनेको संख्या ७५ हजार ८०४ रहेको छ भने हालसम्म ६१४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ११४५, ललितपुरका १६१ र भक्तपुरका ११० जना रहेका छन् । यस्तै, बर्दियाका १०४, रुपन्देहीका ९८, कैलालीका ३६, बाग्लुङका ३६, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखाका २०, बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरीका १३, नवलपरासी पश्चिमका १३, उदयपुरका १२, बाराका ११, कपिलवस्तुका १०, डोटीका १०, लमजुङका ९, दैलेखका ९, रुकुम पश्चिमका ९, सिरहाका ७, धादिङका ६, मकवानपुरका ५, रामेछापका ४, सिन्धुपाल्चोकका ४, गुल्मीका ४, रौतहटका ४, काभ्रेका ४, मोरङका ३, सर्लाहीका ३, चितवनका ३, दोलखाका ३, प्युठानका ३, डोल्पाका ३, धनुषाका २, स्याङ्जाका २, पाल्पाका २, रुकुम पुर्वका २, कालीकोटका २, सल्यानका २, सुर्खेतका २, बैतडीका २, दार्चुलाका १, अछामका १, जुम्लाका १, रोल्पाका १, पर्वतका १, नवलपरासी पुर्वका १, तनहुँका १, ओखलढुंगाका १, सोलुखुम्बुका १, पर्साका १ र झापाका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका काठमाडौंका ५ जना, चितवनका ४ जना, रुपन्देहीका ३ जना, सुनसरी र भक्तपुरका २/२ जना, र धनकुटा, सर्लाही, ललितपुर, नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोकका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।