Friday, 28, January, 2022 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए १४१६ नयाँ कोरोनाका बिरामी

काठमाडौं २५ असोज | काठमाडौं उपत्यकामा आज थप १ हजार ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ११४५, ललितपुरका १६१ र भक्तपुरका ११० जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।