Wednesday, 22, September, 2021 info@saipalnews.com

पूर्वमन्त्री सुनील थापामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २५ असोज। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता सुनील थापामा कोरोना संक्रमण पुष्टि भएको छ । उनको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको काँग्रेस नेता किरण गिरीले जानकारी दिए । यसअघि काँग्रेस नेता अर्जुननरसिंह, केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।