Saturday, 24, October, 2020 info@saipalnews.com

संक्रमितले लोक सेवाको परीक्षा दिन नपाउने

काठमाडौं २६ असोज । कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भएर नभएको स्वयंले घोषणा गर्नुपर्नेछ। आयोगबाट सञ्चालन हुने प्रयोगात्मक र सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ । उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ।