Saturday, 24, October, 2020 info@saipalnews.com

नेपालमा आज थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ को मृत्यु

काठमाडौं २६ असोज | नेपालमा आज थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । यस्तै, निको हुनेको संख्या ७७ हजार २७७ रहेको छ भने हालसम्म ६४५ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना रहेका छन् । यस्तै, सुनसरीका २४९, मोरङका २२३, रुपन्देहीका १२५, सुर्खेतका १०१, काभ्रेका ९०, चितवनका ७७, कास्कीका ७६, मकवानपुरका ७५, झापाका ७१, नवलपरासी पुर्वका ६५, कैलालीका ६५, बाँकेका ४५, तनहुँका ३७, बर्दियाका २६, प्युठानका २६, धनुषाका २५, सिन्धुपाल्चोकका २५, नवलपरासी पश्चिमका २४, सप्तरीका २१, लमजुङका २१, कञ्चनपुरका १८, पर्साका १७, रामेछापका १४, पाल्पाका १४, रौतहटका १३, दाङका १३, दैलेखका १३, धादिङका १२, बैतडीका १२, बाराका ११, सिरहाका ११, नुवाकोटका ११, स्याङ्जाका ११, गुल्मीका १०, जुम्लाका ९, महोत्तरीका ८, सर्लाहीका ८, बाग्लुङका ८, अर्घाखाँचीका ८, कपिलवस्तुका ८, दोलखाका ७, रसुवाका ६, डडेल्धुराका ६, दार्चुलाका ६, इलामका ५, बझाङका ४, हुम्लाका ४, गोरखाका ३, अछामका ३, सल्यानका ३, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, रोल्पाका २, बाजुराका १, डोटीका १, म्याग्दीका १, मुस्ताङका १, पर्वतका १, सिन्धुलीका १, पाँचथरका १, सोलुखुम्बुका १, संखुवासभाका १, भोजपुरका १, धनकुटाका १ र तेह्रथुमका १ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका सुनसरी र काठमाडौंका ३/३ जना, र ललितपुर, चितवन र रुपन्देहीका १/१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।