Wednesday, 21, October, 2020 info@saipalnews.com

नेपालमा थप ३५५६ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौंं २७ असोज | नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, हाल देशभर सकृय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ भने ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन् ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।