Saturday, 24, October, 2020 info@saipalnews.com

नेपालमा आज थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप १८ को मृत्यु

काठमाडौं २७ असोज | नेपालमा आज थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । यस्तै, निको हुनेको संख्या ७८ हजार ७८० रहेको छ भने हालसम्म ६६३ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १७४६, ललितपुरका २१६ र भक्तपुरका १६७ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १८ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।