काठमाडौं २७ असोज | काठमाडौं उपत्यकामा आज थप २ हजार १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १७५६, ललितपुरका २१६ र भक्तपुरका १६७ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।