Thursday, 22, October, 2020 info@saipalnews.com

जारको पानीको मूल्य बढाउने कदमबाट पछि हटे व्यवसायी

काठमाडौँ २७ असोज | जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णयबाट नेपाल बोटलर्स वाटर एसोसिएसन सहमत भएको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनीपछि निर्णय फिर्ता लिन व्यवसायीहरुले विभागसँग लिखित सहमति गरेका हुन् ।

लिखित सर्कुलर गरेर मूल्य नबढाउन एसोसिएसनले विभागसँग सम्झौता गरेको पनि उनले जानकारी दिए । विभागसँगको सहमति कार्यन्वयन भए नभएको बजारमा हेरिने र नभएको पाइए दण्ड गरिने विभागले जनाएको छ ।

बजार अनुगमनममा निस्किएको विभागको टोलीलाई पानीको खरिद र बिक्री जाँच गर्न निर्देशन दिइएको पनि विभागले जनाएको छ ।

वाणिज्य विभागसँगको सहमतिमा भन्दै केही दिनअघि नेपाल बोटलर्स वाटर एसोसिएसनले जारको पिउने पानीको मूल्य २५ रुपैयाँ प्रतिजारदेखि ४५ रुपैयाँमा बिक्री भइरहे पनि पानीको अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ तोकिएपछि उपभोक्ता मारमा परेका थिए ।