Saturday, 31, October, 2020 info@saipalnews.com

ओरालो लाग्यो सुनको भाउ, मंगलबार प्रतितोला ५ सयले घट्यो

काठमाडौँ २७ असोज | मंगलबार सुनचाँदीको भाउ ओरालो लागेको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २२५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँ तोकिएको थियो ।