काठमाडौंं २७ असोज | महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिलेसम्म नम्बर प्लेट स्पष्ट नभएको तीन सय बढी सवारीसाधनलाई कारबाही गरेको छ।
महाशाखाले तीन दिनमा तीन सय ९९ सवारीसाधनका धनीलाई कारबाही गरेको छ।
मंगलबारमात्रै महाशाखाले एक सय ६३ सवारीसाधनका धनीलाई कारबाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भीम प्रसाद ढकालले जानकारी दिए। प्रहरीले सवारीसाधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफगार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई कारबाही गर्न थालेको हो।
Wednesday, 21, April, 2021 info@saipalnews.com
