Tuesday, 20, October, 2020 info@saipalnews.com

लुम्बिनी प्रदेशकी उपसभामुखमा पनि कोरोना संक्रमण

बुटवल २७ असोज | लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुमा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ।
उनमा संक्रमणका लक्षण भने केही पनि नदेखिएको उपसभामुखको सचिवालयले जनाएको छ। यही आइतबार असोज २५ गते उनले कोरोना परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वाब दिएकी थिइन्।
आज परीक्षणको रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टि भएको हो उपसभामुख थारुले सामाजिक संजालमार्फत् आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन्। उनी अहिले सेल्फ आइसोलेसनमा छिन्।