Thursday, 22, October, 2020 info@saipalnews.com

नेपालमा आज थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ को मृत्यु

नेपालमा आज थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । यस्तै, निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ भने हालसम्म ६७५ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ९९६, ललितपुरका ३०५ र भक्तपुरका १०२ जना रहेका छन् ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १२ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।