Wednesday, 28, October, 2020 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए १४०३ नयाँ कोरोनाका बिरामी

काठमाडौं २८ असोज | काठमाडौं उपत्यकामा आज थप १ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ९९६, ललितपुरका ३०५ र भक्तपुरका १०२ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।