दाङ २८ भदौ | जिल्ला समन्वय समिति दाङका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिसस दाङ शिल गरिएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु समेत बन्द गरिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताईन् ।
जिल्लाका सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गर्ने गरिएको छ । जिल्लाका दर्जन सरकारी कार्यालयहरु अहिले कोरोनाकै कारण बन्द भएका छन् ।