Sunday, 25, October, 2020 info@saipalnews.com

नेपालमा आज थप ३७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप १९ को मृत्यु

काठमाडौंं २९ असोज | नेपालमा आज थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख २१ हजार ४७५ पुगेको छ । यस्तै, निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ भने हालसम्म ६९४ जनाको मृत्यु भएको छ । नेपालमा आज जम्मा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १९ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।