काठमाडौं ३० असोज | काठमाडौं उपत्यकामा आज थप २ हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।