Saturday, 24, October, 2020 info@saipalnews.com

नेपालमा आज थप ३१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप १२ को मृत्युु

काठमाडौंं १ कात्तिक | नेपालमा आज थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । यस्तै, निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ भने हालसम्म ७२७ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १२ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।