Wednesday, 21, October, 2020 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए १७४६ नयाँ कोरोनाका संक्रमित

काठमाडौं १ कात्तिक | काठमाडौं उपत्यकामा आज थप १ हजार ७४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १४५१, ललितपुरका १५२ र भक्तपुरका १४३ जना रहेका छन् ।

उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।