Sunday, 25, October, 2020 info@saipalnews.com

संयोजक महरद्धारा सर्कुलर लात, ज्वाइ देखि सालीसम्म राखेर संगठन विस्तार

धनगढी २ कात्तिक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु बझाङमा संगठन एकता विधान बिपरित भएको भन्दै व्यापक असन्तुष्टि बाहिरिएको छ । संगठनमा लामो समय काम गरेका, सिनियर विद्यार्थी नेता लाई लत्याएर आफन्त नातागोतालाई  संगठनको जिम्मेवारी दिइएपछि व्यापक आलोचना भएको छ । संगठनमा लामो समय काम गरेका नेता अनेरास्ववियु बझाङका उपाध्यक्ष पुस्पलाल रोकाया लगाएत्को सिङ्गो टिमले  असहमति जनाएको छ ।

तत्कालीन उपाध्यक्, कोषध्यक्ष,सहसचिव, पूर्व सचिव, सचिवालय सद्स्य लगाएत्का ११ जना नेताले हस्ताक्षर गर्दै केन्द्रिय संयोजक एन महर र सह संयोजक रन्जित तामाङ लाई एकलौटी रुपमा विस्तार गरिएको कमिटी नसचिए समानन्तर कमिटी घोषणा गर्ने चेतावनी सहित्को असमती पत्र बुझाएका छ्न ।

केन्द्रिय संयोजक महरले आफैले पठाएको सर्कुलर ल्त्याउदै आफ्नो गृह जिलामा संगठनमा काम नगरेका जुनियर लाई जिल्लाको पदाधिकारी, कमिटीमा राखेर पुर्णता दिन माथी बाटै उर्दी जारी गरेर जिल्ला कमिटी बिस्तार गरे पछि कर्याकर्ता रुष्ट बनेका छ्न ।

केन्द्रिय सन्योजक महर्ले  जिल्लाको सन्योजक बनाउदा देखीनै गुटबन्दी सुरु गरेर सिनिएर तत्कालीन उपाध्यक्ष रोकाय लाई लत्याएर जुनियर आफ्नो ज्वाइँ प्रबिन धामी लाई संयोजक बनाएका थिए । एकता टुङ्गो लगाउदा साबिक अनेरास्ववियुका जिल्ला अध्यक्ष लाई केन्द्रिय लेखा आयोग्मा मनोनीत गरेर कमिटीका जुनियर सचिब धामी लाई जिल्लाको सन्योजक बनाएक थिए । फरक गुट्को भन्दै सिनिएर लाई किनारा लगाएको आरोप बझाङका बिद्यार्थि नेता बताउछन् ।

जिल्लामा आफ्नो गुट स्थापित गर्न आफैले जारी गरेको सर्कुलरलाई कुल्चेर बिधान बिपरित काम गरेको भन्दै जिल्लाका बिद्यार्थी नेता आक्रमक बनेका छन । महरले तत्कालीन उपाध्यक्ष पुस्पलाल रोकाया ज्वाला, कोषाध्यक्ष हेमन्त भन्डारी, सचिवालय सद्स्य मोहन कुवर, दिल बहादुर बिक, अनु गुरुङ ,सुभाष बोहरा , कटक धामी, जय कुन्वर, धनेश्व्री पातली, संगीता बिक लगाएतका नेतालाई पाखा लगाएर नया अनुहार लाई कमिटीमा राखेर एकता टुंगो लगाउन निर्देशन दिएको आरोप सक्रिय विद्यार्थी कार्यकर्ताको छ ।