Thursday, 22, October, 2020 info@saipalnews.com

पोखरालाई चीनको कुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

कास्की २ कात्तिम । पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।  कुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।  भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र  ग्वाङ्झाओबाट समेत गत जेठमा रु एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो । कुनमिङसंँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो । हालसम्म महानगरले १३  देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ ।