Saturday, 28, November, 2020 info@saipalnews.com

नेपालमा आज थप ३७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप १८ को मृत्यु

काठमाडौं ३ कात्तिक | नेपालमा आज थप ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै, निको हुनेको संख्या ९४ हजार ५०१ रहेको छ भने हालसम्म ७५७ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १८ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।