Saturday, 28, November, 2020 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए २३८८ नयाँ कोरोनाका बिरामी

काठमाडौं ३ कात्तिक | काठमाडौं उपत्यकामा आज थप २ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका २००८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।