Saturday, 28, November, 2020 info@saipalnews.com

करदाता सेवा कार्यालय सञ्चालन

महोत्तरी ३ कात्तिम । सदरमुकाम जलेश्वरमा आजदेखि करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३ स्थानिय तहका करदाताले अब जलेश्वरमै कर बुझाउन पाएका छन् । करदाता सेवा कार्यालयले आज सेवा शुभारम्भ कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा उद्घाटन गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख जयबहादुर भण्डारीले करदाता सेवा कार्यालय जलेश्वरका प्रमुख प्रकाश निरौलालाई प्यान कार्ड हस्तान्तरण गर्नुहुँदै आजदेखि विधिवत जलेश्वरमा करदाता सेवा कार्यालय सूचारु भएको घोषणा गर्नुभएको थियो ।