Wednesday, 25, November, 2020 info@saipalnews.com

उद्योग दर्ता नगरी जारको पानी उत्पादन शुभलक्ष्मी फुड एण्ड वेभरेज शिल, अनुगमनमा भेटियो फोहोर पानी

काठमाडौं ४ कात्तिक | वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले अनुमतिबिना नै पानी उत्पादन गर्ने शुभलक्ष्मी फुड एण्ड बेभरेज प्रालि शिल गरेको छ । उक्त कम्पनीले उद्योग दर्ता र खाद्य अनुज्ञापत्रविना जारको पानी उत्पादन गरेर बिक्री वितरण गरेको पाइएको छ।

अनुमति पनि नलिएको र मापदण्डविपरीत गुणस्तरहीन पानी समेत उत्पादन गरिरहेको विभागको अनुगमन टोलीले फेला पारेको हो। आज भएको अनुगमनको क्रममा भूमिगत पानी निकाली बिक्री गरेको पाइएको थियो।

उक्त कम्पनीको पानीमा गुनासो आएपछि विभागले अनुगमन गरेको हो। अनुगमनपछि उद्योग सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ।