Sunday, 24, January, 2021 info@saipalnews.com

प्यूठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, अन्य ३ जना घाइते

दाङ ४ कात्तिक | प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ ।