Sunday, 17, January, 2021 info@saipalnews.com

नेपालमा आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, थप ८ को मृत्यु

काठमाडौंं ४ कात्तिक | नेपालमा आज थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । यस्तै, निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ भने हालसम्म ७६५ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ८ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।