Thursday, 25, February, 2021 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए १७०२ कोरोनाका बिरामी

काठमाडौं ४ कात्तिक | काठमाडौं उपत्यकामा आज थप १ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १४३१, ललितपुरका १२३ र भक्तपुरका १४८ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।