Tuesday, 02, March, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए ३१०७ नयाँ कोरोनाका बिरामी

काठमाडौं ५ कात्तिक | काठमाडौं उपत्यकामा आज थप ३ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका २३९१, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।