Saturday, 23, January, 2021 info@saipalnews.com

नेपालमा आज थप ५७४३ जनामा कोरोना पुष्टि, थप २६ को मृत्यु

काठमाडौं ५ कात्तिक | नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यस्तै, निको हुनेको संख्या ९९ हजार ६०५ रहेको छ भने हालसम्म ७९१ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २६ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।