Monday, 18, January, 2021 info@saipalnews.com

प्रताप दास र मेगाले ल्याए ‘जंगे पिल्लर’ गीत

काठमाडौं ५ कात्तिक । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । श्रीराम थापाको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । गणेश शाहीको निर्देशन रहेको भिडियोमा पनि प्रताप र मेगाकै अभिनय देख्न सकिन्छ । गीतमा फराज अर्पणको छायाँकन तथा र सम्पादन छ ।