Monday, 18, January, 2021 info@saipalnews.com

नेपालमा आज थप ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप २१ को मृत्यु

काठमाडौंँ ६ कात्तिक | नेपालमा आज थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो  सँगै नेपालमा जम्मा संक्रमितको संख्या  १ लाख ४८ हजार ५०९ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख २ हजार ८२० रहेको छ भने हालसम्म ८१२ जनाको मृत्यु भएको छ ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।