Saturday, 16, January, 2021 info@saipalnews.com

उपत्यकामा आजमात्रै १५५२ नयाँ कोरोनाका बिरामी थपिए

काठमाडौं ६ कात्तिक | काठमाडौं उपत्यकामा आज थप १ हजार ५५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।