Saturday, 23, January, 2021 info@saipalnews.com

कोरोनाबाट बीपी प्रतिष्ठानकी महिला कर्मचारीको मृत्यु

काठमाडौँ ७ कात्तिक । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।सुनसरीको प्रतिष्ठानमा कार्यरत महिला कर्मचारीको मृत्यु भएको हो ।

प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।उनलाई गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।