Sunday, 17, January, 2021 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए २७२० नयाँ कोरोनाका बिरामी

काठमाडौं ७ कात्तिक | काठमाडौं उपत्यकामा आज थप २ हजार ७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।