Saturday, 28, November, 2020 info@saipalnews.com

उपत्यकामा एकैदिन थपिए १११० नयाँ कोरोनाका बिरामी

काठमाडौं ८ कात्तिक | काठमाडौं उपत्यकामा आज थप १ हजार ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ८३२, ललितपुरका १७६ र भक्तपुरका १०२ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।