Saturday, 28, November, 2020 info@saipalnews.com

नेपालमा आज थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि, थप १३ को मृत्यु

काठमाडौँ ८ कात्तिक | नेपालमा आज थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ भने हालसम्म ८४२ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १३ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।