Saturday, 23, January, 2021 info@saipalnews.com

सन्धिखर्क नगर प्रमुखलाई पत्नीशोक

अघाँर्खाची ८ कात्तिक । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाललाई पत्नीशोक परेको छ । नेपाली कांग्रेसका पूर्वसभापति भुसालकी धर्मपत्नी मीनाको आज अपराह्न ४५ वर्षका उमेरमा निधन भएको हो ।

सन्धिखर्क –१ स्थित रविचित्र माध्यमिक विद्यालयकी शिक्षिका मीना डेढ वर्षदेखि अल्जाइमरलगायत रोगबाट पीडित हुनुहन्थ्यो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।  कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनालले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।