Thursday, 25, February, 2021 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए १५३५ नयाँ कोरोनाका बिरामी

काठमाडौं ९ कात्तिक | काठमाडौं उपत्यकामा आज थप १ हजार ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १२२५, ललितपुरका १४७ र भक्तपुरका १६३ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।