Saturday, 28, November, 2020 info@saipalnews.com

नेपालमा आज थप १७४१ जनामा कोरोना संक्र्मण पुष्टि, थप १५ को मृत्यु

काठमाडौं १० कात्तिक | नेपालमा आज थप १ हजार ७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख १५ हजार ६७५ रहेको छ भने हालसम्म ८६२ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६७३, ललितपुरका १४६ र भक्तपुरका ७६ जना रहेका छन् ।
यसैगरी यसअघि नै संक्रमण पुष्टि भएका १५ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।