Saturday, 28, November, 2020 info@saipalnews.com

नेपालमा आज थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, थप १४ को मृत्यु

काठमाडौंं ११ कात्तिक | पछिल्लो २४ घण्टामा नेपालमा गरिएको २ हजार ५ सय १५ जनाको पीसीआर परीक्षणमा नेपालमा आज थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ भने हालसम्म ८७६ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १४ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।